-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
ads_policy.html
54 lines (46 loc) · 12.5 KB
/
ads_policy.html
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
<!DOCTYPE html>
<html>
<head>
<meta charset='utf-8'>
<meta name='viewport' content='width=device-width'>
<title>Advertising Policy</title>
<style type="text/css">
@font-face {
font-family: Poppins;
src: url("https://raw.githubusercontent.com/nepsalone/Neps-Config/main/custom_font.ttf")
}
body {
font-family: Poppins;
font-size: medium;
padding:0.5em;
}
table, th, td {
border: 1px solid black;
}
</style>
</head>
<body>
<strong>विभिन्न प्रकृतिका रेडियो कार्यक्रम र सामग्रीहरुको उत्पादन तथा प्रसारण</strong>
<p>आफ्नै उत्पादनमा विविध समाचार तथा विचारमुलक, साहित्यिक, अध्यात्मिक, सांगितिक र चेतनापरक रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेकाे यस रेडियोले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनद्वारा उत्पादित बि.बि.सी. नेपाली विहानीपख र साँझपख तथा नेपाली रेडियो नेटवर्क र उज्यालो नेटवर्कद्वारा उत्पादित लोकप्रिय समाचार कार्यक्रमस्रगै प्रत्येक घण्टा समाचार बुलेटिन प्रसारण गरिरहेको छ ।</p>
<p>रेडियोको आयोजनामा स्टुडियो भन्दा बाहिर, गाउँटोल समुदाय र श्रोताहरुकै बिचबाट समेत विभिन्न कार्यक्रमहरु तथा नियमित रुपमा साँस्कृतिक, साँगितिक, साहित्यिक र प्रतियोगितात्मक स्टेज कार्यक्रम तथा अन्तरक्रिया, अन्तरसंवाद, सार्वजनिक सुनुवाई र कचहरी कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । त्यसैगरी श्रोताका चाहना र रुची अनुसारका विविध कार्यक्रमहरु समेत सामयिक रुपमा बज्ने गरेको छ भने विभिन्न सामाजिक संघसंस्था, सरकारी अर्धसरकारी तथा गैरसरकारी निकायहरु एवं विविध दवाव समूह, अभियान तथा सामाजिक जनजागरण तथा सुचना र समाचार केन्द्रीत कार्यक्रम समेत सञ्चालन हुने गरेको छ ।</p>
<strong>विभिन्न सुचना, सन्देश तथा व्यवसायिक विज्ञापनहरुको उत्पादन र प्रसारण</strong>
<p>आमसञ्चार माध्यमबाट सम्प्रेषित व्यवसायिक प्रवर्द्धनका सामग्रीहरुले क्रेता वा सेवाग्राहीमा सेवा तथा उत्पादनबारे जानकारी पाउनुका साथै किन्न वा सेवा उपभोग गर्न प्रेरित गरी तथा ब्राण्ड विकास गर्दछ । यसै अनुरुप स्वदेश एफ.एम.ले समेत सबैखाले उत्पादन, सेवा वा व्यापारलाई वृहद श्रोतासमक्ष लैजान विज्ञापकको माग वा आग्रह अनुसारका उच्चस्तरीय र श्रुतिमधुर आकर्षक रेडियो सन्देशहरु उत्पादन गर्दछ।</p>
<p>यसैगरी हामी एक बिज्ञापन एजेन्सीका रुपमा अन्य रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनका लागि तपाईंको बिज्ञापन उपलब्ध गराई यहाँको अपेक्षा र आवश्यकता अनुसार सम्प्रेषित गर्ने सेवा र विभिन्न विज्ञापन एजेन्सी वा विज्ञापनका लागि विज्ञापन उत्पादन मात्रै गरिदिने सेवा प्रदायक पनि हौं । वृहद श्रोतापहुँच, आवश्यक प्राविधिक दक्षता तथा हरेकखाले प्रस्तुती दिनसक्ने लगनशील सञ्चारकर्मीहरुका कारण हामी तपाईं(हरु)को आवश्यकता अनुसारका सुचना, सन्देश, बिज्ञापन, कार्यक्रम वा प्रत्यक्ष प्रसारण बजाउन सक्षम छौं । यस सन्दर्भमा तपाईंहरुसंग सहकार्य गर्नु हाम्रो निरन्तरको अभियान र समर्पित प्रयत्न रहनेछ ।</p>
<p>बिज्ञापनको व्यय खर्च होइन, लगानी हो भन्ने मान्यतासहित यस रेडियोले स्थानीय उत्पादन तथा सेवाहरुको प्रवर्द्धनलाई विशेष प्राथमिकता र छुटसहित प्रसारित गर्दछ । यसका साथै राष्ट्रिय, अन्तराष्ट्रिय र बहुराष्ट्रिय उत्पादनहरुको विज्ञापन समेत व्यवस्थित र कम्प्युटर सफ्टवेयर प्रणालीमार्फत प्रसारण गर्दछ । एक विज्ञापनदाताका रुपमा तपाईंको विज्ञापन, सुचना वा सार्वजनिक सन्देशहरुलाई रेडियोका साथै यसको फेसबुक, ट्वीटर र अन्य अनलाइन च्यानलहरुबाट समेत यथेष्ट प्रचार–प्रसार गर्ने प्रणाली हामीसंग रहेको छ । यसका साथै स्वदेश इन्फोसिस प्रा.लि.द्वारा प्रकाशित सञ्चारपाटी अनलाइन पोर्टल तथा साप्ताहिक रुपमा प्रकाशित हुने माडी राष्ट्रिय पत्रिका र निकट भविष्यमै सञ्चालन हुन लागेको स्थानीय टेलिभिजनबाट समेत विज्ञापन प्रकाशन र प्रसारण गर्न सकिनेछ ।</p>
<p>वृहद श्रोतापहुँच, आवश्यक प्राविधिक दक्षता तथा हरेकखाले प्रस्तुती दिनसक्ने लगनशील सञ्चारकर्मीहरुका कारण यहाँ(हरु)को आवश्यकता अनुसारका सुचना, सन्देश, कार्यक्रम वा प्रत्यक्ष प्रसारण बजाउन सक्षम यस रेडियोमा यहाँले निम्नानुसारको सहुलियत दररेटमा आफ्ना उत्पादन, सेवा वा यहाँ सम्बन्धित रहनुभएको निकाय तथा संस्थाको प्रचारजन्य सामग्री, सुचना, सन्देश एवं विवरणहरु प्रसारण गर्न सक्नुहुने जानकारी सहित अनुरोध गर्दछौं ।</p>
<strong>प्याकेज १ - विज्ञापन प्रसारण</strong>
<p>५ पटक (४०-५० सेकेण्ड)</p>
<p>रु २,०००/-</p>
<strong>प्याकेज २ - विज्ञापन प्रसारण</strong>
<p>७ पटक (४०-५० सेकेण्ड)</p>
<p>रु २,५००/-</p>
<strong>प्याकेज ३ - विज्ञापन प्रसारण</strong>
<p>१० पटक (४०-५० सेकेण्ड)</p>
<p>रु ३,०००/-</p>
<p>फुटकर सुचना प्रसारण ८ पटक (६० सेकेण्ड) : प्रति पटकको रु १००</p>
<p>टाइम चेक (न्युनतम ३ महिने सम्झौता गर्नुपर्ने) : रु ५,००० प्रति महिना</p>
<strong>आधारभूत रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम सञ्चालन</strong>
<p>स्वदेश एफ.एम.ले आधारभूत तथा व्यवसायिक रेडियो पत्रकारिता तालिम सञ्चालन गर्नुका साथै मनोरञ्जनात्मक, साँगितिक, जनजागरणमुलक र अन्य थुप्रै शैली र विधाका रेडियो कार्यक्रम प्रस्तुतीको तालिम प्रदान गर्दछ ।</p>
<p>जिल्ला र केन्द्र स्तरमा सक्रिय पत्रकार र विज्ञ तथा रेडियोमा कार्यरत वरिष्ठ सञ्चारकर्मीहरुले प्रदान गर्ने यस्ता तालिमहरुमा उद्घोष, उद्घोषक, उद्घोषणको आधाभुत धारणा, उद्घोषकका लागि आवश्यक गुण, रेडियो नाटक र अभिनय, विज्ञापन लेखन र प्रस्तुती, रङ्गमञ्च उद्घोषण कला, औपचारिक कार्यक्रम उद्घोषण, रङ्गमञ्च उद्घोषण, अनौपचारिक कार्यक्रम उद्घोषण, वक्तृत्व कला र भाषण, रेडियोमा भाषा, शैली र शब्द छनोट, रेडियो सामग्री खोजी र कार्यक्रम स्क्रीप्ट, समाचार लेखन, सम्पादन र वाचन, रेडियो अन्तरवार्ता र प्रत्यक्ष प्रसारण, मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, साँगितिक र फोन इन कार्यक्रम सञ्चालन, जागरणमुलक र समाचारमुलक कार्यक्रम सञ्चालन, अडियो रेकर्डिङ्ग, आधारभूत स्टुडियो ज्ञान र ट्रान्समिटर सञ्चालन, अडियो रेकर्डिङ्ग, सम्पादन तथा मिक्सिङ्, पत्रकारिताको आचार संहिता र दर्शन आदि पक्ष समेटिन्छन् ।</p>
</body>
</html>